खगेन्द्र पराजुली
२५ जेठ, नवलपुर ।
गण्डकी प्रदेशमा आज आईतवार फेरी १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा स्याङजा वालिङकै एक जना भएको गण्डकी जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थप १ संक्रमित पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ भने स्याङजामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार पोखराको गण्डकी प्रदेश स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रि–आईशोलेशन वार्डमा उपचाररत ६० बर्षका वृद्ध पुरुषमा संक्रमण पुष्टि भएको हो ।
वालिङ स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले दिनुभएको जानकारी अनुसार वालिङ नगरपालिका वडा नम्वर ३ को माझकोटका ती संक्रमित ब्यक्ति गत जेठ २१ गते भारतवाट आएका थिए ।
आफ्नो स्वास्थ्य उपचारका लागी भारतको दिल्ली गएका उनी सुनौली नाका हुदै नेपाल आएपछि आफै एउटा निजी गाडी ब्यस्था गरी वालिङ आएको जनाईएको छ । उनलाई सिधै क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा रहदा नै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पठाईएको यहाँको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
ती ब्यक्ति मृगौलाको समस्याका कारण उपचारका लागी भारत गएका थिए ।
निम्न आर्थिक अवस्थाका उनी कोरोना संक्रमणका कारण सिर्जित असहज अवस्थाका भारतमा समेत सबै उपचार सम्पन्न गर्न नसकी उनी फर्कनुपरेको बुझिएको छ ।
उनीसँगै उनकी श्रीमती पनि सँगै आएकी हुन् । ती ब्यक्तिसँग निकट सम्पर्कमा रहेकाहरुको खोजपडताल भैरहेको वालिङ स्वास्थ्य शाखाले जनाएको छ ।
उनलाई सुनौलीबाट वालिङसम्म लिएर आउने गाडी सहित चालकको खोजपडतालका लागी रुपन्देही मार्फत बुटवललाई सन्देश पठाईसकिएको जनाईएको छ ।

अहिले ती ब्यक्तिसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।
आज बिहानको थप संक्रमितको खवर पढ्न यो पनि पढ्नुहोस् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment