खगेन्द्र पराजुली,
२३ जेठ, नवलपुर ।
आज शुक्रवार नवलपुरका ३ वटा नगरपालिका र १ गाउँपालिकाका क्वारेन्टाईनमा बसेका १ सय ९४ जनाको स्वाव संकलन भएको छ ।
गैंडाकोटका १५ जना, कावासोतीका ४१ जना, मध्यबिन्दुका १ सय २२ जना र बिनयीत्रिबेणीका १८ जनाको पिसीआर परीक्षणका लागी स्वाव संकलन भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालय प्रमुख केशव चापागाईका अनुसार मध्यबिन्दुका १ सय २२ स्वाव नमूना पोखरा पठाईएको छ भने गैडाकोट, कावासोती र बिनयी त्रिबेणीका ७४ स्वाव नमूना भरतपुर पठाईएको छ ।
यसअघि नवलपुरका पहाडी गाउँपालिका बुलिङटार, बौदीकाली र हुप्सेकोटबाट संकलित १ सय ३४ स्वाव समेत पोखरामा परिक्षणका क्रममै रहेको जनाईएको छ ।
यस्तै, हिजो देबचुलीबाट पोखरा पठाईएका ६९ र आज मध्यबिन्दुका १ सय २२ नमूना समेत गरी पोखराबाट परिक्षण भएर आउनुपर्ने कुल संख्या ३ सय २५ बाँकी छ ।
यस्तै, भरतपुरमा पनि हिजोको बिनयी त्रिबेणीको १० र आजका ७४ गरी कुल ८४ स्वाव नमूनाको रिपोर्ट आउन बाँकी छ ।
कुल मिलाएर नवलपुरका ४ सय ९ स्वाव नमूनाको रिपोर्ट आउन बाँकी छ ।
अहिलेसम्म नवलपुरका ४ सय १२ स्वाव नमूनाको रिपोर्ट प्राप्त भएमध्ये १० वटामा मात्र पोजेटिभ आएको छ ।
नवलपुरबाट आजसम्म ८ सय २१ स्वाव नमूना संकलन भएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment