Friday, June 5, 2020


खगेन्द्र पराजुली,
२३ जेठ, नवलपुर ।

आज शुक्रवार नेपालमा २ सय ७८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६७ जना पुरुष र ११ जना महिला छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार  ९ सय १२  पुगेको छ ।

संक्रमित हुनेमा २ हजार ७ सय १७ जना पुरुष र  १ सय ९५ जना महिला छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ४३ जना निको भएका छन् ।

४३ जना संक्रमणमुक्त भएसँगै कुल ३ सय ३३ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।

अहिलेसम्म डिस्चार्ज हुनेमा २ सय ७२ जना पुरुष र ६१ जना महिला छन् ।

थप १ जना संक्रमितको मृत्यु  भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।

आज गण्डकीका २ जिल्ला र कर्णालीका १ जिल्लामा संक्रमित भेटिएका छन् ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *