Friday, July 31, 2020


खगेन्द्र पराजुली, 
१६ साउन, नवलपुर । 

पुर्व पश्चिम मुख्य मार्गको नवलपुर खण्डको हालत अहिले दुरावस्थामा छ । मुलुक कोभिड १९ संक्रमणका कारण लामो समय बन्दावन्दीमा भए पनि यहाँको मुख्य सडकले कहिल्यै बिश्राम पाएन । सवारी ओसार्ने यात्रु बसहरुको चाप घटेपनि बास्तबमै सडकमा भारवाहक र मालवाहक साधनहरु भने चलिरहे । 

सडक बिस्तारको जिम्मा लिएको चाईनीज कम्पनीले पनि कोभिडका कारण सडकको काम गर्न पाएन । लगत्तै बर्षातको मौषम पनि शुरु भयो । निर्माणको प्रक्रियामा रहेको सडकले मर्मतको समेत अवसर नपाउँदा यो बाटो हुदै यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नुपरेको छ । 

यहाँ यात्रा गर्ने यात्रुहरु सडकको हालत देख्दा यात्रावाट सकुसल फर्कन सकिन्छ कि सकिन्न भन्ने डरसँगै अत्यावश्यक यात्रा गर्नुपरेको बताउँदछन् । 

अहिले सवारी साधनको चाप कम हुँदा बिशेस गरी हाईवेमा गुडाउने ट्रक चालकले बाटो नै आफ्नो भन्ने महशुस गरी गाडी हाक्दा अगाडी पछाडी मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरु सडकका खाडलमा परी उछिट्टिएका प्रसस्त उदाहरण छन् । 

ठूलै दुर्घटना नपरे पनि यस बाटोमा सडकको जीर्ण अवस्थाका कारण सयौ मोटरसाईकल पल्टने मोटरसाईकलमा टुटफुट सहित क्षति पुग्ने, चोटपटक लाग्ने गरेको छ । 

यता, बाटो बिस्तार निर्माणको जिम्मा पाएको कम्पनीले खाल्डा–खुल्डी परेको बाटोमा कही अलकत्रा सहितको त कतै सुख्खा ग्राभेल मात्र हालेको छ ।  

बर्षातकै बखत कावासोतीको जंगल क्षेत्र आसपासमा हालेको अलकत्रा सहितको गिटी समेत जम्न नपाउँदा उप्किन थालेको छ भने प्रगतिनगर वजार क्षेत्रमा हालेको सुख्खा ग्राभेल दिनहुँका बर्षाका कारण बगाएर सडकमा फिजिएका ढुंगा उछिट्एिर कतिखेर कसलाई लाग्ने हो भन्ने जोखिम बढेको बजार क्षेत्रका स्थानीयले बताएका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *