खगेन्द्र पराजुली,
१६ साउन, नवलपुर ।
नेकपा गण्डकी प्रदेश कमिटी सदस्य एवं तत्कालीन अखिल नेपाल शिक्षक संगठन नवलपरासीका जिल्ला अध्यक्ष कुलचन्द्र महत्तोको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम भएको छ ।
नवलपुरको हुप्सेकोट १ बेलवास्थित स्वर्गीय महत्तोको निवासमा नेकपा निकट एकीकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला समन्वय समिति नवलपुरले दिवंगत महत्तोप्रति श्रद्धाञ्जली तथा वहाँका परिवारमा समबेदना प्रकट गरेको छ ।
संठनका जिल्ला अध्यक्ष सुमित्रा लम्सालको अध्यक्षता तथा संगठनका पुबै उप–महासचिव एवं हाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य नारायण अर्यालको प्रमुख आतिथ्ययतामा शोक कार्यक्रम भएको हो ।
यस्तै, भोली शनिवार स्वर्गीय महत्तोप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारमा समवेदना प्रकट गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत नेकपा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य लगायत वहाँकै निवासमा आउनुहुने कार्यक्रम रहेको नेकपा जिल्ला कमिटि नवलपुरले जनाएको छ ।
दिवंगत महत्तो लामो समय शिक्षण पेशामा आवद्ध रही तत्कालीन माओवादी निकट रहेर पार्टीलाई योगदान पुर्याउनुभएको थियो ।
वहाँ २०५७ सालदेखि ६२ सालसम्म तत्कालीन अखिल नेपाल शिक्षक संगठन नवलपरासीका जिल्ला अध्यक्ष भएर काम गर्नुभएको थियो । हाल वहाँ नेकपाको प्रदेश कमिटि सदस्य तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय एवं जिल्ला सल्लाहकारका रुपमा रहदाँरहदै दिवंगत हुनुभएको शोकपत्रमा उल्लेख गरिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment