देबभूमी खवर—
२४ साउन, नवलपुर ।
गण्डकी प्रदेशको थप एक जिल्ला कोरोनामुक्त जिल्ला भएको छ । प्रदेशका ३ वटा हिमाली जिल्लामध्येको म्याग्दीका सक्रिय संक्रमित सबै उपचारपछि निको भएर घर फर्किएसँगै हाललाई म्याग्दी सहित ३ जिल्ला संक्रमणमुक्त भएका छन् ।
हिजोसम्म आईशोलेशनमा रहेका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका छन् ।
म्याग्दीमा संक्रमण पुष्टि भएका ४७ जना सबै संक्रमणमुक्त भएको स्वास्थय कार्यालय म्याग्दीले जनाएको छ । यसअघि १–१ जना संक्रमित फेला परेका हिमाली जिल्लाहरु मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका हुन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment