Sunday, August 9, 2020

प्राकृतिक आईशोलेशनमा संक्रमितको उपचारमा खट्नुहुने जिल्ला अस्पतालका डाक्टर,  चिकित्सालयका निर्देशक, ब्यवस्थापक, स्वास्थ्यकर्मी सहित चिकित्सालयको भान्सा सेवामा क्रियाशील कर्मचारी तथा सहयोगीहरुको टीम
खगेन्द्र पराजुली, 
२५ साउन, नवलपुर । 

देशभरीका कोभिड अस्पतालमध्ये धेरै प्रशंसा बटुलेको नवलपुरको प्राकृतिक चिकित्सालयको आईशोलेशन कक्ष रित्तिदै छ । नवलपुरका संक्रमण पुष्टि भएका २ जना बाहेक ३ सय २७ जना संक्रमित निको भएर घर फर्किएसँगै अस्थायी जिल्ला कोभिड अस्पताल प्राकृतिक चिकित्सालयमा कोभिडका संक्रिय संक्रमित १ जना मात्र आईशोलेशनमा रहेका चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताउनुभएको छ । 

वहाँका अनुसार ती संक्रमित २३ गते शुक्रवार पुष्टि भएका बिनयी त्रिबेणीका एक जना पुरुष मात्र हुन् । यसअघि साउन १८ गते संक्रमण पुष्टि भएका हुप्सेकोटका ३ जना समेतको पुनः परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि १ हप्तामै संक्रमणमुक्त भएका हुन् । 

संक्रमणमुक्त भई निरोगिताको प्रमाणपत्र प्रदान हुदै

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवस्रसाद चापागाईका अनुसार गैंडाकोट ठेगाना भएका एक पुरुषमा भरतपुरमा भएको परिक्षणमा संक्रमण पुष्टि भएसँगै नवलपुरका संक्रमित संख्या ३ सय २९ पुगेको हो । 

गैंडाकोट १५ स्थायी ठेगाना भएका ती पुरुष बुटबल बस्दै आएका तर गैंडाकोट घरमा नपसी भरतपुर गई चेक गर्ने क्रममा कोरोना पोजेटिभ देखिएपछि भरतपुरकै आईशोलेशनमा रहेको प्रारम्भिक हिष्ट्री खुलेको छ । 

अव, नवलपुरमा कोरोना संक्रमण फैलिएको सूचीमा रहेका यहाँका आठ वटै पालिकामध्ये गैंडाकोटका १ र बिनयी त्रिबेणीका १ जना संक्रिय संक्रमित वाँकी छन् भने यहाँका देबचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र बुलिङटार, हुप्सेकोट, बौदीकाली गाउँपालिका संक्रमणमुक्त पालिका भएक छन् । 

प्राकृतिक आईशोलेशनमा संक्रमितको उपचारमा सक्रियतापुर्व खट्नुहुने जिल्ला अस्पतालका डाक्टर,  चिकित्सालयका निर्देशक, ब्यवस्थापक लगायत स्वास्थ्यकर्मीहरु

स्वास्थ्य प्रमुख चापागाईले अव समुदायमा संक्रमण फैलिन नदिने गरी सबैले सचेतता अपनाउने हो भने नवलपुरमा संक्रमण नियन्त्रणमा आउने बिश्वास ब्यक्त गर्नुभएको छ । अव भारत तथा अन्य मुलुकबाट आई क्वारेन्टिनमा रहेका छिटफुट संख्यामा संक्रण पुष्टि भईहाले पनि हतास हुनुपर्ने अवस्था छैन, हामी नागरीक तहबाटै सचेतता अपनाउन आग्रह गर्दछौं । यहाँ महामारीका बेला सकारात्मक सहयोग पुर्याउनुहुने सबैप्रति  आभारी छु । वहाँले भन्नुभयो । 

1 comment:

  1. आयुर्वेद मतलव जीवन उर्जा।

    ReplyDelete




Contact Form

Name

Email *

Message *