Wednesday, November 18, 2020

खगेन्द्र पराजुली, ३ मंसीर, देबचुली—

सहमतिमा सामुदायिक बन सञ्चालक समित चयन हुन नसकेपछि निर्वाचन हुने भएको छ । देबचुली ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको सञ्चालक समिति चयन गर्न निर्वाचन हुने भएको हो । 

सामुदायिक बनको अध्यक्षसहितको पदाधिकारीदेखी सदस्यसम्म १३ सदस्यीय कार्यसमितिका लागी २६ जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक खगराज कंडेलले जानकरी दिनुभयो । 

सामुदायिक बनको नेतृत्व लिनका लागी २ वटा प्यानलले सेट–समूह नै बनाएर उम्मेदवारी दिएका छन् । प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा कृष्ण बहादुर क्षेत्री र प्रजातान्त्रिक समूहका तर्फबाट दीपक भटराईको नेतृत्वमा २६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

सामुदायिक संस्थाको निर्वाचन हुन लागेकाले उम्मेदवारहरु दलगत पृष्ठभूमी नखुलाई प्रगतिशील र प्रजातान्त्रिक भनिए पनि क्षेत्री स्थानीयमाझ नेपाल कम्युनिष्ट पार्टी नेकपा र भटराई नेपाली कंग्रेसका सक्रिय कार्यकर्ताका रुपमा चिनिन्छन् । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *