Monday, December 7, 2020


खगेन्द्र पराजुली, २१ मंसिर, नवलपुर ।
 

रजहरमा चुनावी सरगर्मी बढेको छ । रजहर खानेपानी संस्थामा सहमतिमा सञ्चालक समिति चयन हुन नसकेपछि दुई वटा समूह चुनावी मैदानमा उत्रिएका छन् । मंसिर २७ गते हुने रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा गंगाबहादुर थापा, गोबिन्द सापकोटा र हरि गौतमले उम्मेदवारी दिएका छन् । 

सहमतिमा समिति चयन हुन नसकेपछि प्रगतिशील र प्रजातान्त्रिक २ समूह बनाएर चुनावी मोर्चामा होमिएका हुन् । पदाधिकारीको अध्यक्ष र कोषाध्यक्षमा थप १–१ जनाले उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धी समूहलाई राजनैतिक नाम नदिएपनि खानेपानी संस्थाको नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरु राजनैतिक दलकै आडमा खडा भएका छन् । 

प्रगतिशील समूहमा नेकपा र जनमोर्चाले गठबन्धन गरेका छन् भने प्रजातान्त्रिक समूहमा कांग्रेस र राप्रपा मिलेर उम्मेदवारी दिएका छन् यस्तै पदाधिकारीका अध्यक्ष र कोषाध्यक्षमा साझा विवेकशील पार्टी निकट प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रगतिशील समूहका तर्फबाट सहसचिव र २ जना सदस्य जनमोर्चाले सिफारिस गरेका सहित सञ्चालक समितिमा १२ जनाले उम्मेदवारी दिएका छन् भने प्रजातान्त्रिक समूहबाट उपाध्यक्ष र २ जना सदस्य सहित १२ जना उम्मेदवारमा खडा भएका छन् । यस्तै, आन्तरीक लेखा समितिमा समेत दुबै प्यानलबाट उम्मेदवारी परेको छ । एक सदस्य भने निर्विरोध भएको छ । साविक रजहर गाविसको वडा नं. ३ मा प्रगतिशील समूहकी सीता गुरौको मात्र उम्मेदवारी परेपछि एक सदस्यमा निर्विरोध भएको हो । 

प्रजातान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार सापकोटा लामो समय शिक्षक पेशामा रही निवृत्त हुनुभएको हो । वहाँ चौतारी सामुदायिक वन उपभोक्ता समूहको अनुगमन उप समितिको सदस्य रहनुभएको छ । यस्तै, प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार थापा २ कार्यकाल चौतारी सामुदायिक वनको अध्यक्ष र २ कार्यकाल रजहर खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा रही काम गरिसक्नुभएको छ । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *