Monday, December 7, 2020

खगेन्द्र पराजुली, २२ मंसिर, नवलपुर—

साफबिन कारितासले नवलपुरको विनयी–त्रिवेणी र मध्यविन्दुमा लक्षित समूहले गरेको कार्यको स्थलगत निरीक्षण गरेको छ । 

कृषि अनुकुलन तथा जैविक विविधताको लागि कृषक संजाल कायक्रम  (साफबिन)ले जलवायु परिवर्तनका कारण परेको असरको अध्ययनका आधारमा हावापानी सुहाउँदो विउबिजन, माटो सुधारका लागी जैबिक रसादी, भकारो सुधार, मौरीपालन, कुखुरापालन लगायतका दिगो बिकासका सूचक अन्तर्गत जलवायु अनुकुल कृषि उत्पादन मार्फत पोषणका साथै आयआर्जनमा समेत टेवा पुर्याउने उदेश्यका साथ नवलपुरका ग्रामीण ठाउँका स्थानीयलाई समूहमार्फत सहभागिताका आधारमा गरेको कार्यको कारितास जिल्ला संयोजक रामबहादुर घिमिरे सहित समूह संयोजकले निरिक्षण गरेका हुन् । 

विनयी–त्रिवेणीको वडा नं. २ दुम्किबासमा रहेका २ वटा समूहको निरीक्षणका क्रममा साफबिनको सहयोगमा भएका भकारो सुधार, तरकारी तथा घाँस, जैबिक रसादी निर्माण र प्रयोग प्रभावकारी देखिए पनि मौरीपालन फस्टाउन नसकेको कृषकले बताएका छन् । उनीहरुले हिउँदमा सिचाईको समस्या रहेको बताएका छन् । उनीहरुले उत्पादन गरेको तरकारीको बजार अभाव रहेको गुनासो गरे । 

पहिला–पहिला बजारमा काउली–बन्दा जस्ता तरकारी देख्दा आफुले यस्तै फलाउन पाए हुन्थ्यो भन्ने उत्सुकता हुन्थ्यो अहिले त कारितासको साफबिन १ र २ अन्तर्गतको प्राविधिक सिकाइले आफुहरु साना व्यावसायी समेत बन्न सफल भएको दुम्किबासकी समूह कृषक मैयाँ न्यौपानेले आफ्नो अनुभव सुनाउनुभयो । 

समुदायमा नयाँ मान्छे आउदा भित्र लुक्ने परिचय समेत दिन डराउने आफुहरुमा नियमित फिल्ड भिजिट, सामूहिक बैठक, छलफलका भाग लिने गर्दा नेतृत्व बिकास पनि भएको दुम्किवासकी किसान गायत्री ढकालको अनुभव छ । 

यस्तै मध्यबिन्दु नगरपालिकाको वडा नं. १० र १४ मा भएको निरीक्षणमा भकारो सुधार, तरकारी, धान, च्याउ, कुखुरापालन, जैबिक रसादी उत्पादन र प्रयोग प्रभावकारी देखिएको छ । मध्यबिन्दु १० र १४ मा रहेका लक्षित समूहका कृषकहरु पहाडी क्षेत्र भएकाले यहाँ पनि प्रमुख समस्या सिंचाई भएको कृषकहरुको गुनासो छ ।

मध्यबिन्दु १४ मा भिरालो, पाखो, कम पानी लाग्ने र पानी नअडिने बनोटको पहाडी जमिनमा संस्थाले उपलब्ध गराएको धान राम्रो फल्ने भएपछि गाउँभरि नै उक्त जातको धानको बिउ फैलाउन सफल भएका छन् । 

स्थानीय रानीसरा दर्लामीका अनुसार चामलको भात खान मन लाग्दा बजारको भर पर्नुपरेकोमा पछिल्ला २ बर्ष आफ्नै पाखो जमिनमा लगाएको धानले केही महिना खान पुगेको छ । धान राम्रो फलेपछि अरु गाउँलेहरुले पनि बिउका लागी साटेर–किनेर लैजानुभएको छ, गाउँमा बिउ फैलिएको छ दर्लामीले खुशी हुँदै भन्नुभयो । 

नवलपुरका १० वटा गाउँमा संचालित कारितासको साफबिन कार्यक्रममा ५ जना जेटिएले समूहका कृषकलाई प्राविधिक सहयोग प्रदान गर्ने गरेको भिआरपी सिर्जना कंडेलले बताउनुभयो । 

कंडेलले किसानहरुलाई धान तथा विभिन्न तरकारीको जातहरुमा परिक्षण गराई नतिजाको आधारमा राम्रो उत्पादन दिन सक्ने बाली छनोट गर्न र स्थानीय स्तरमै बिउ उत्पादन गर्न सक्षम बनाएको बताउनुभयो । 

जिल्ला संयोजक रामबहादुर घिमिरेले आगामी कार्यक्रममा सस्थाले स्थानिय तह सङ समन्वय गरेर सिचाई र उत्पादनलाई बजारिकणका लागी योजना बनाउनुपर्ने देखिएको बताउनुभयो । वहाँले ग्रामीण नागरिकको उत्थानका लागि स्थानीय तहबाटै लक्षित बर्गको लागी प्रभावकारी कार्यक्रम आउन सकेमा राम्रो हुने टिप्पणी गर्नुभएको छ । 

कारितासले नवलपुरका १० गाउँका ४५० जना किसानलाई समूहमा आवद्ध गरि कार्यक्रम सञ्चालन गरेको छ । जसमध्ये कावासोती नगरपालिकाको वडा नं. २, ३ र ५, देबचुली नगरपालिकाको वडा नं. १७, मध्यबिन्दु नगरपालिकाको वडा नं. १०, ११ १३ र १४, विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. २  हुप्सेकोट गाउँपालिकाको वडा नं. २ र ४ मा कार्यक्रम सञ्चालित छ । 

निरिक्षणका क्रममा तस्वीर


















 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *