Wednesday, December 9, 2020

खगेन्द्र पराजुली, २४ मंसिर, नवलपुर–

नवलपुरको रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सञ्चालक समिति चयनका लागि निर्वाचन हुने भएको छ । मंसीर २७ गते निर्वाचन हुने निर्वाचन समितिका संयोजक टोपराज कोइरालाले बताउनुभयो । 

सहमतिमा सञ्चालक समिति गठन हुन नसकेपछि हुन लागेको निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक २ समूहले निर्वाचन हुने सवै पदमा उम्मेदवारी दिएका छन् भने अध्यक्ष र कोषाध्यक्षमा भने ३–३ जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवारलाई हिजो मंगलवार चुनाव चिन्ह प्रदान गरेको जनाईएको छ ।

यस्तै, निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकामा मंसिर २५ गते राती १२ बजेसम्म प्रचार–प्रसारका गतिविधि गर्न पाईने त्यसपछि मौन अवधि शुरु हुने जनाएको छ । 

निर्बाचन समितिका संयोजक कोइरालाका अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिव गरी ५ पदाधिकारी पद, ७ सदस्य पद तथा आन्तरीक लेखा समितिका संयोजक १ पद र २ सदस्य पदमा निर्वाचन हुने भएको हो । वहाँका अनुसार १ सदस्य पद निर्विरोध भएको छ । 

निर्वाचन समिति निर्वाचनको तयारीमा जुटिरहेको संयोजक कोइरालाले जानकारी दिनुभएको छ । 

अहिले कोभिड १९ को जोखिम अझै पनि कायम रहेकाले जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुमति लिएर निर्वाचन गर्न लागेको वहाँले बताउनुभयो । 

कोरोनाको परिस्थितिलाई मध्यनजर गरी ५ वटा मतदान केन्द्र तोकिएको छ । ती मतदान केन्द्रमा ५ जना मतदान अधिकृत र ३१ जना कर्मचारीको ब्यवस्थापन गरिएको वहाँले बताउनुभयो ।

निर्वाचन संयोजक कोइरालाका अनुसार देवचुली नगरपालिकाले खटाई पठाउने २ जना कर्मचारी र ३ जना मावि तहका शिक्षक मतदान अधिकृत तोकिएको छ । 

निर्वाचन संयोजक कोइरालाका अनुसार साविक रजहर गाविस अन्तर्गतका वडा अनुसारको ब्लकका आधारमा निर्वाचन हुने भएको छ । वडा नं. १ का मतदाताका लागि देवचुली माविलाई केन्द्र तोकिएको छ भने देवचुली माविसँगै मर्ज भएको ध्रुवज्योति प्रावि वडा नं. ७ को केन्द्र बनाईएको छ । 

यस्तै, वरचुली मावि फारमको माथिल्लो नेपाली ब्लकमा वडा नं. ८, वरचुली माविकै तल्लो अंग्रेजी ब्लकमा वडा नं. ४ र ६ तथा वरचुली माविसँगै मर्ज भएको छिपेनीको लक्ष्मी प्राविमा वडा नं. २, ३ र ५ का मतदाताले मतदान गर्ने ब्यवस्था मिलाईएको छ । सबै केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ । 

निर्वाचनमा मतदान गर्न पाउने सूचीमा धारा भएका २ हजार ३ सय ७२ उपभोक्ता रहेको जनाईएको छ । 

थप समाचारका लागी तलको लिंक पढ्नुहोस् । 

रजहर खानेपानीमा चुनावी प्रतिस्पर्धाः दुई प्यानल खडा, एक सदस्य निर्विरोध


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *