Saturday, November 14, 2020


देवभूमी खबर, २९ कार्तिक, देबचुली—

देबचुलीका छुट्टाछुट्टै २ स्थानबाट प्रहरीले नगद सहित ९ जना जुवाडे पक्राउ गरेको छ । 

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजामा देबचुलीका ९ जनालाई तास खेलीरहेको अवस्थामा नवलपुर प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तका अनुसार ८० हजार ७ सय ४५ रुपैया नगद र १ सय ५९ पत्ती तास सहित उनीहरु देबचुली नगरपालिका वडा नं. ११ कैलासचोकस्थित संजय कुवरले सञ्चालन गरेको पोल्ट्री फर्मभित्रबाट पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा देबचुली ११ का ३७ बर्षीय अमरबहादुर गुरुङ, वडा नं. १४ का ४४ बर्षीय कृष्ण श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ, वडा नं. १४ कै ३७ बर्षीय ओमप्रसाद पौडेल र वडा नं. १३ का २७ बर्षीय टेकराज शर्मा छन् । 

यस्तै, देवचुली न.पा. वडा नं. ५ कदमपुर स्थित कर्ण वहादुर कानुङको घरमा जुवातास खेली रहेको अवस्थामा उनान्तिस हजार छ सय पचहत्तर रुपैया नगद र १ बुक तास सहित ४ जना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा देवचुली न.पा. वडा नं. ६  का ३१ बर्षका केशबहादुर डिसुवा, वडा नं. ५ का बर्ष ३९ को लक्ष्मीप्रसाद सारु, बर्ष ४१ को धनवहादुर गरौजामगर र बर्ष ३३ को टेक वहादुर सतिघरे छन् । 

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको  प्रहरीले जनाएको छ । 


गतबर्षको समाचार तलको निलो लिंकमा क्लिक गरेर पढ्नुहोस् । 

कौडा खालबाट देबचुलीका २८ जना पक्राउ


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *